Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

मधेशका ८ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु

मधेशका ८ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु

  • काठमाडौं । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर मधेशका आठ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु भएको छ । डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मधेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले अभियानको शुभारम्भ गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    मन्त्री साहले राष्ट्रिय वृक्षरोपण दिवस २०८१ अवसर पारेर जनकपुर–जटही ६ लेन सडक खण्डमा वृक्षरोपण गरेका हुन्। मधेश सरकारले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो ।

    AGNI GROUP

    यो अभियानअन्तर्गत मधेशको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिए। रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

    मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षरोपण गर्नु अहिलेको आवश्यकता रहेको बताए । मधेशमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी अभियान आठ वटै जिल्लामा सञ्चालनमा ल्याइएको बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij