Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘संसदीय अभ्यासलाई नमानीकन प्रतिनिधिसभा विघटन गर्नु हुँदैन,’ पोखरेल

‘संसदीय अभ्यासलाई नमानीकन प्रतिनिधिसभा विघटन गर्नु हुँदैन,’ पोखरेल

  •  काठमाडौं ।   प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन्। ‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न मिल्दैन।

    onlinepatrika
    Arghakhachi

    ‘प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आरगुमेन्ट (तर्क)पनि मिल्दैन’, उनले भने, ‘पार्टीभित्रको विवाद मिलाउन नसकी प्रतिनिधिसभा नै विघटन गरेर संसद्लाई पीडित बनाउन मिल्दैन । ताजा जनादेश मात्र भनेर हुँदैन।’संविधानले नदिएको अधिकारका आधारमा निर्वाचन गर्न नमिल्ने जनाउँदै उनले ताजा जनादेशमा जान त प्रजातान्त्रिक अभ्यास हुनुपर्ने बताए। विसं २०५२ को तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन मुद्दामा पनि संसद् विघटन गरेर ताजा जनादेशमा जानु राजनीतिक विषय भए पनि विघटन गर्दा संविधानसम्मत हुनुपर्छ भनी फैसला भएको जिकिर उनले गरे। ‘संसदीय अभ्यासलाई नमानीकन प्रतिनिधिसभा विघटन गर्नु हुँदैन,’ पोखरेलले भने।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij