Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने

  • काठमाडौं । अबदेखि काठमाडौं जिल्लाका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचनामार्फत् यसबारे जानकारी दिएको हो ।

    images
    images
    images

    प्रशासन कार्यालयमा सेवाग्राहीहरूको अत्याधिक चापलाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाट परिचय पत्र बनाउन सकिने गरी सेवा प्रवाह गरिएको प्रशासनले जनाएको छ । काठमाडौं महानगरपालिकाको हकमा राष्ट्रिय सभागृहबाट बनाउन सकिनेछ ।

    अन्य जिल्ला स्थायी ठेगाना भएका सेवाग्राहीहरूले नारायणहिटी दरबार (साविकको राहदानी विभाग)बाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्य भइरहेको पनि प्रशासन कार्यालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij