Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा अधिकारी

ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा अधिकारी

  • काठमाडौं । ठमेल पर्यटन विकास परिषदको अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन् ।

    images
    images
    images

    निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिए ।

    images

    यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् ।

    सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईँले बताए ।

    कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा एक हजार एक सय ९३ जनाले मतदाता रहेकामा एक हजार ३१ मतदाताले मतदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij