
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । जनकपुर-जयनगर रेल्वे लिकमा परेर एक युवकले दुवै खुट्टा गुमाएका छन् । जनकनन्दनी गाउँपालिका-३ महुवाका मिश्री दासका अन्दाजी ३५ वर्षीय श्रीराम दासले खुट्टा गुमाएका हुन् ।
धनुषाको खजुरीमा लिक छेउबाट हिँडिरहेका श्रीराम शनिबार बिहान सवा ११ बजे रेलको चपेटामा परेका थिए । जयनगरबाट फर्किरहेको रेलले हर्न बजाएपछि उनी अल्मलिएर लिकमा परेका थिए, जसका कारण उनले दुवै खुट्टा गुमाएका छन् ।
दासको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij