
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । संसद्मा टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिकको खोजी भएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली काङ्ग्रेसका सांसद रामहरी खतिवडाले उक्त घटनामा क-को संलग्न छन् पत्ता लगाएर सदनलाई जानकारी गराउन माग गरे ।
उनले भने, “‘सरकारले केही महिना पहिले टोखाबाट २५ करोड समात्ने काम गर्यो । एउटा ड्राइभर पक्रियो, थुन्यो । त्यसको धनी को हो र ? अहिलेसम्म सरकारले त्यो पत्ता लगाउन सकेको छैन । सधैं ड्राइभर र लोडरलाई थुन्ने, धनी पत्ता नलगाउने र? त्यसमा को-को संलग्न छ र ? सरकारले पत्ता लगाएर सदनमा जानकारी गराओस् ।”
टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते प्रहरीले २५ करोड रुपैयाँ भन्दा बढीको विदेशी मुद्रा सहित ट्रक चालक कुसाङ लामा लाई पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij