
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काठमाडौँको असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीको भनाई छ ।
आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij