Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

निर्वाचनका लागि तयार रहन आग्रह

निर्वाचनका लागि तयार रहन आग्रह

  • रसुवा । सरकारले तोकेको समयमा आम निर्वाचन सम्पन्न गराउने कार्यका लागि पूर्व तयारी अवस्थामा रहन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ । सरकारी कामको समीक्षा गर्न भेला भएका कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले निर्वाचनको तयारीमा रहन निर्देशन दिनुभएको हो । प्रत्येक महिनाको ५ गते कार्यालय प्रमुख भेला भई जिल्लाको समसामयिक विषयमा  छलफल गर्ने चलन रहेको छ ।
     
    निर्वाचनको समय नजिकिँदै गएकोले आ–आफ्ना कार्यालयमा रहेका सवारीसाधनको लगत तयार गरी विवरण पठाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जनतामाझ प्रदान गरिएको सेवाअन्तर्गत सरकारी निकायबाट भएका काम एवं विकास निर्माणमा गरिएका खर्चको विवरण पनि क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराई आम नागरिकसामु जानकारी गराउने कार्यमा सहयोग पुर्याउन सरोकारवाला निकायलाई स्थानीय प्रशासनले निर्देशन दिएको छ ।
     
    सबै निकायको सहभागितामा विकास निर्माणको  स्थलगतरूपमा कार्यप्रगति निरीक्षण गराउने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुखलाई सुझाव दिइएको छ । भए गरेका कामको विवरण सार्वजनिक गर्ने सरकारको कार्यनीति रहे पनि कार्यपालिकामा रहेका राष्ट्रसेवक प्रमुखले पारदर्शी गराउन आलटाल गर्ने समस्या बढिरहेको अवस्थामा प्रजिअको निर्देशनले आमनागरिकमाझ सुसूचित गराउने कार्यमा मद्दत पुग्ने आकलन गरिएको छ ।  
          
    यस्तै सरकारी सवारीसाधन दुरूपयोग हुनथालेको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै कार्यालय प्रमुखमाझ प्रजिअ पन्तले अबका दिनमा सरकारी साधन गुडाउनु पर्दा कामको विवरण खोली जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिन आग्रह गर्नुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिदाको दिन सरकारी सवारी साधन गुडाउनु पूर्व जिल्ला प्रशासनको स्वीकृति लिनुपर्ने प्रावधान कार्यान्वयन नभएको पाइएको र आफूखुशी हिँडेका सवारीसाधन कुनै कारणले क्षति भएमा त्यसको जवाफदेही स्वयं कार्यालय प्रमुखनै हुनुपर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले स्पष्ट पारेको छ । 

    AGNI GROUP

    अत्यावश्यक काममा मात्र गुडाउनुपर्ने सरकारी सवारीसाधन कार्यालय प्रमुख जिल्लाबाहिर जाँदा आफ्नो साथमा लाने र बढी समय व्यक्तिगत काममा प्रयोग हुने गरेको जनगुनासो दिनप्रतिदिन बढ्दै गएको छ ।

    काठमाडौँ पुगेपछि एक दुई दिन सरकारी काम गरिए पनि अधिकांश समय सरकारी सवारीसाधन घरेलु सामग्री बोक्नेदेखि लिएर बजार घुम्ने तथा इष्टमित्रसँग भेटघाट जस्ता कार्यमा प्रयोग हुने र सवारी इन्धन एवं मर्मतको बिल भने कार्यालयमा पेश हुने गरेको चालकको भनाइ पाइन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij