Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

जन्मकैद सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

जन्मकैद सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

  • काठमाडौं । जनकपुरमा हत्या अभियोगमा धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा सबैला नगरपालिका - १३ का ५६ वर्षीय पवन महतो छन् । ०६५ सालमा महतोले छिमेकी नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेका थिए ।


    धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले महतोलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले सजाए तोकेपछि महतो लुकिछिपी बस्दै आएका थिए । फरार अभियुक्तको खोजी अभियान अन्तर्गत महतोलाई सबैला बजारबाट पक्राउ गरिएको डिएसपी अवाले बताए । महतो पूर्व शिक्षक रहेको उनको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij