Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ओलीलाई ‘भित्तामा पुर्‍याउँछु’ भन्दै प्रचण्डले लगाए यस्तो आरोप !

ओलीलाई ‘भित्तामा पुर्‍याउँछु’ भन्दै प्रचण्डले लगाए यस्तो आरोप !

  • काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू युद्धको पनि कमान्डर भएका कारण सचेत रहन प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिएका हुन् ।

    AGNI GROUP

    उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

    प्रचण्डले प्रधानमन्त्री ओलीले राजाकै भाषा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप समेत लगाउँदै थपे, ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

    उनले आफैँले प्रधानमन्त्री बनाएको पार्टीकै मान्छेले आफैँले जन्माएको बच्चाको संविधानको हत्या गर्न लागेकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको बताए।

    प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको प्रचण्डको भनाई छ । उनले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिए। भने,‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो ? तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न ?

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij