Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेकपाका दुबै पक्षको कांग्रेसलाई अफर: प्रदेश १ र बागमतीमध्ये एउटामा मुख्यमन्त्री दिने

नेकपाका दुबै पक्षको कांग्रेसलाई अफर: प्रदेश १ र बागमतीमध्ये एउटामा मुख्यमन्त्री दिने

  • काठमाडौँ । प्रदेश सरकार फेरबदलको कसरत चलिरहेका बेला नेकपाका दुवै समूहले कांग्रेसलाई प्रदेश १ र वाग्मतीमध्ये एउटामा मुख्यमन्त्री दिन सकिने भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबन्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव गरे पनि कांग्रेसले नेताहरूबीच सहमति नहुँदा निर्णय गर्न सकेको छैन ।

    onlinepatrika
    Arghakhachi

    नेकपाको केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र वाग्मतीमा नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुवै पक्षले कांग्रेसलाई मनाउने कसरत जारी राखेका छन् । दाहाल–नेपाल समूह दुइटा प्रदेशमध्ये एउटामा कांग्रेसलाई मुख्यमन्त्री दिन तयार भएपछि ओली समूहले पनि त्यस्तै ‘ग्रिनसिग्नल’ दिएको छ । दुवै समूहको प्रस्तावमा कारण कांग्रेसमै अन्योल खडा भएको छ ।

    AGNI GROUP

    सभापति शेरबहादुर देउवाले दाहाल–नेपाल समूहसँगभन्दा ओली नेतृत्वको नेकपासँग गठबन्धन बनाउन चाहिरहेकाले कांग्रेसले औपचारिक निर्णय लिन सकेको छैन । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइरालासहितका संस्थापनइतरका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेर विरोध प्रदर्शन गरिरहेकै बेला उक्त समूहसँगै गठबन्धन गर्दा राम्रो सन्देश नजाने बताउँदै आएका छन् । सभापति देउवा सोमबार कांग्रेसका वरिष्ठ नेता पौडेलसँग प्रदेश सरकारलगायतका मुद्दामा समझदारी जुटाउन बोहराटारस्थित उनकै निवास पुगेका थिए । पौडेलसहितको संस्थापन इतर पक्षले ओलीभन्दा दाहाल–नेपाल समूहसँगको गठबन्धन प्राकृतिक हुने बताउँदै आएको छ । शक्तिमा रहेका ओलीभन्दा दाहाल–नेपाल समूहसँग मिल्दा पार्टीका लागि पनि बढी लाभ हुने बुझाइ संस्थापनइतर नेताहरूको छ ।

    महामन्त्री कोइरालाले नेकपाभित्र ओली समूह बलियो भएकाले पनि दाहाल–नेपाल समूहसँगकै गठबन्धनमा जानुपर्ने आफूहरूको सुझाव रहेको बताए । पुस २४ र माघ २ मा सभापतिसँग भएका भेटमा पनि आफूले त्यहीं सुझाव दिएको उनले जानकारी दिए । ‘प्रदेश सरकार गठबन्धन र पार्टी महाधिवेशनको प्रक्रियाका लागि अड्किएका विषयमा छलफल गर्न सभापतिजीले बोलाउनुभएकाले म निवासमै गएको हुँ,’ कोइरालाले भने, ‘सभापतिजीको झुकाव ओलीजीसँग भएको हो कि जस्तो देखियो । हामीले प्रदेश सरकारमा गठबन्धन गर्ने विषयमा दाहाल–नेपाल समूहसँग मिल्नुपर्छ भन्यौं ।’ सोमबार आफ्नै निवासमा आएका सभापति देउवालाई वरिष्ठ नेता पौडेलले पनि यही सुझाएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij