Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेकपा विवादः हकदाबीमा दुबै पक्षको होडबाजी

नेकपा विवादः हकदाबीमा दुबै पक्षको होडबाजी

  • काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् । दिनहुँजस्तो दुवै पक्षले आफूनिकट नेता तथा कार्यकर्ताको भेला गर्दै नेकपाको आधिकारिक पक्ष आफैं भएको जिकिर गर्दै आएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पुस ७ गतेपछि दुवै समूहले आफूनिकट नेता–कार्यकर्ता जम्मा पारेर गरेका बैठक, भेला, आमसभा र विभिन्न कार्यक्रममा नेकपाको संस्थापन आफूहरू नै भएको दाबी गर्दै आएका छन् । केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्ष, महासचिव र माइन्युट आफूसँग भएको र पूर्वएमालेतर्फ रहेका कार्यकर्ताको ठूलो पंक्ति आफूसँग रहेको भन्दै संस्थापन पक्ष आफूहरू भएको दाबी गरेका छन् । नेपाल–दाहाल समूहले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा सबै कमिटीमा आफूहरूको बहुमत रहेको भन्दै आफूहरू नै संस्थापन पक्ष भएको दाबी गरेका छन् । यो क्रम एक महिनादेखि नै चलिरहेको छ । ओलीले ‘असली बाजेको पेडा पसल’को संज्ञा दिएर आफू संस्थापन भइरहेको बताउँदा नेपाल–दाहाल समूहले पनि त्यसको खण्डन गर्दै असली आफूहरू नै भएको दाबी गर्दै आएका छन् ।

    AGNI GROUP

    नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सो समूहनिकट पत्रकारहरूको भेलामा मंगलबार ओलीले संस्थापन पक्ष भएको भ्रम छरिरहेको बताउँदै पूर्वएमालेमा आफू संस्थापन रहेको, ओलीचाहिँ कुनै एउटा गुटको मात्र नेता भएको बताए । प्रधानमन्त्री ओलीले ‘असली बाजेको पेडा पसल’ आफूतिर रहेको भन्दै आएको अभिव्यक्ति लक्षित गर्दै अध्यक्ष नेपालले अहङ्कार र दम्भले उनी एक्लिएको र भ्रम छरिरहेको बताए । उनले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगाएका छन् । केपी ओली प्रतिगमनका प्रतीक हुन् । उनको एकलवाद, अहङ्कार, दम्भ र संवैधानिक कदमविरुद्ध सिंगो देश आन्दोलित छ, ओली अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेका छन् तर असली एमाले माधव नेपाल हो,’ अध्यक्ष नेपालले भने । नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij