Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेपालको आग्रह भारतद्वारा बेवास्ता, रोकिएन महाकालीमा एकतर्फी तटबन्ध

नेपालको आग्रह भारतद्वारा बेवास्ता, रोकिएन महाकालीमा एकतर्फी तटबन्ध

  • दार्चुला । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले आफूखुसी तटबन्ध बनाइरहेको हो ।

    onlinepatrika
    Arghakhachi

    भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सीमामा तटबन्ध निर्माण थालेपछि काम रोकेर दुई देशबीच यसअघि भएको सहमतिअनुसार अघि बढ्न नेपालका तर्फबाट अनुरोध गरिएको थियो ।

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत महिना नै २०७० असारमा आएको बाढीले धार परिवर्तन गरी नदी वारि (नेपाल) आए पनि उक्त भूभाग नेपालको भएको सार्वजनिक जानकारी भारतलाई दिइसकेको छ । जिल्ला प्रशासनले गत पुस २ गते सीमा नदी मिचेर भइरहेको तटबन्ध निर्माण रोक्न आग्रह गर्दै भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल कार्यालयलाई पत्र पठाएको थियो । त्यही पत्रको बोधार्थ गृह मन्त्रालयलाई पनि पठाइएको थियो ।

    काम नरोकिएपछि पुस ५ र २० गते गृह मन्त्रालयलाई पुनः पत्र पठाइएको थियो । गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पत्र पठाइए पनि निर्माण कार्य नरोकिएको प्रशासनले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार पत्राचारपछि गत पुस अन्तिम साता नापी विभागको टोली स्थलगत निरीक्षणका लागि आएको थियो । ‘यहाँका बारेमा गृह मन्त्रालयलाई मौखिक जानकारी गराउँदै आएका छौं,’ उनले भने, ‘पछिल्लो समय माथिल्लो निकायबाट लिखित कुनै जानकारी आएको छैन ।’ नापी विभागका प्रमुख नापी अधिकृत जयानन्द जोशीले स्थलगत निरीक्षणपछि परराष्ट्र मन्त्रालयलाई माघ ५ गते प्रतिवेदन बुझाएको जानकारी दिए । ‘मन्त्रालयले प्रतिवेदनमाथि लेखापढी गरिरहेको होला,’ उनले भने ।

    परराष्ट्र मन्त्रालयले भने महाकाली नदीमा एकतर्फी बनाइँदै गरेको तटबन्धबारे पछिल्लो सूचना नरहेकाले यसमा तत्काल केही प्रतिक्रिया दिन नमिल्ने जनाएको छ । परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले यसबारे आवश्यक सूचना र जानकारी लिएर मात्रै केही बोल्न सकिने बताइन् । यसबारेमा सरोकार राख्न खोज्दा दिल्लीस्थित नेपाली दूतावासका अधिकारी सम्पर्कमा आउन चाहेनन् । कान्तिपुर दैनिकमा मनोज बडूले समाचार लेखेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट