Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताउनुएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आज सम्बोधन गर्दै नेताहरुले ताजा जनादेशमा जाने निर्णय अग्रगमन हुने भएकाले सोही भावलाई आमजनसमुदायमा सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि नयाँ निर्वाचनको मिति घोषणा भएको थियो  । 

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले नेकपाभित्र उत्पन्न विभाजित परिस्थिति अचानक उत्पन्न भएको नभई एकता गर्दादेखि नै त्यसका भ्रुण देखिएको बताउनुभयो । उहाँले अन्तरविरोधमा खेलेर आफ्नो स्वार्थका लागि अरुको ढाडमा टेकी टाउकामा हान्ने प्रवृत्तिका कारण यो स्थिति आएको टिप्पणी गर्नुभयो ।

    AGNI GROUP

    उपप्रधानमन्त्री पोखरेलले केही सञ्चारगृहले हाकाकाही झुटो, तथ्यहीन र आपराधिक प्रकारका विषयवस्तु पस्किएर जनतालाई कुसूचित गरिरहेको जनाउँदै पीत पत्रकारितातर्फ सजग रहन आग्रह गर्नुभयो । नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले सरकारले निर्वाचनको तयारी शुरु गरिसकेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना भएमा प्रतिगमन हुने विचार राख्न्नुभयो । 

    नेकपा सचिवालय सदस्य एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएका अभियोगपत्र फिर्ता लिएमा पार्टी एकता पूर्ववत् रहने बताउँदै निर्वाचनको तयारीमा सरकार र पार्टी लागिसकेको बताउनुभयो । उहाँले कोरोना महामारीविरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउन सरकारले तयारी गरिरहेको पनि जानकारी दिनुभयो । 

    नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले ‘पार्टीमा निर्वाचन नगरी लामो समय आफैँ नेतृत्वमा रहने प्रवृत्ति भएका नेताहरुले आफ्नै अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई हठात् ढाल्न खोजेर देशमा अस्थिरता निम्त्याउन खोजेकाले’ प्रधानमन्त्री ओलीले बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार सञ्चारमैत्री प्रेस नीति र कानून तर्जुमा र कार्यान्वयनमा अग्रसर रहेको बताउँदै श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सधैँ पत्रकारका साथमा रहेको स्पष्ट गर्नुभयो । उहाँले नेपाल पत्रकार महासङ्घसहित सबै सम्बन्धित सङ्गठनसँग सरकार सहकार्य गरेर काम गर्न पनि तत्पर रहेको बताउनुभयो ।

    सङ्गठनका सहसंयोजक गणेश बस्नेतले ताजा निर्वाचनमा जाने सरकारको निर्णयलाई प्रतिगमन भन्न नसकिने जनाउँदै सङ्गठनको अर्को पक्षले संस्थाको दुरुपयोग गरी त्यसलाई प्रतिगमन भनी विरोध गरेकाले आफूहरु पनि भेला आयोजना गर्न बाध्य भएको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, तत्कालीन प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्वसूचना आयुक्त यशोदा तिम्सिना, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव उजीर मगर, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङलगायतले भेला सफलताको कामना गर्नुभएको थियो । भेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij