Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन मन्त्रालयको आग्रह

अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन मन्त्रालयको आग्रह

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा भाडा धेरै लिएको भएमा उजुरी गर्न भनेको छ । पछिल्लो समय हवाई भाड महँगो भएको भनेर विरोध भइरहेका बेला मन्त्रालयले उजुरी दिन अनुरोध गरेको हो ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको गुनासो सम्बन्धमा हाल विभिन्न सोसल मिडियाहरूमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा अस्वाभाविक भाडा तिर्नुपरेको भनेर विरोध भइरहेको छ ।

    images

    यात्रुहरू मारमा परेको भन्ने समाचार तथा गुनासोहरू आएको भन्दै मन्त्रालयले एक अध्ययन कार्यदल पनि गठन भएको छ ।

    ‘उच्च दरको हवाई टिकट खरिद बिक्री गरेको विषयमा कुनै गुनासो भएमा हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर लगायतका अन्य प्रमाण सहित उजुरी गर्नु होला,’ मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij