Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

पर्यटकको पर्खाइमा निसराङ्ग ताल

पर्यटकको पर्खाइमा निसराङ्ग ताल

  • दीपक श्रेष्ठ, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । यी दुई गाउँपालिका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा सम्पन्न छन् । भौगोलिक रुपमा बिकट भएपनि पर्यटकीय क्षेत्रका हिसावले धार्चे र चुमनुव्री गाउँपालिका पर्यटकहरुको रोजाइमा पर्ने जिल्लाका प्रमुख दुई गाउँपालिका हुन् । धार्चेमा रहेको क्यान्टी लिभर पुल, तातोपानी कुण्ड, धार्चे डाँडा, गणेश हिमाल, कलकाङ्ग ९रक क्लाइम्बिङ्ग प्यारग्लाइडिङ्ग० क्षेत्र, न्याउली झरना, लाप्राकको एकीकृत नमुनाबस्ती प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकसित भइसकेका छन् । 

    onlinepatrika
    Arghakhachi

    चुमनुव्री गाउँपालिकाको चुम भ्याली प्राचिन बौद्ध संस्कृतिले भरिएको सांस्कृति उपत्यका हो । त्यहाँ रहेका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक बौद्ध गुम्बाहरुले त्यहाँ पुग्ने पर्यटकको मन जित्ने गरेको छ । करिब सात सय वर्ष पुरानो प्राचिन बौद्ध गुम्वा, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छयोर्तेन, चैत्य, स्मारक र तिव्बती संस्कृति तथा पहिचानका कारण चुमनुव्री उपत्यका पनिपर्यटकको आकर्षणको केन्द्र बन्दै गएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ बताउनुहुन्छ । 

    AGNI GROUP

    धार्चे र चुमनुव्री गाउँपालिकाकामा अन्य आकर्षक पर्यटकीयस्थल पनि छन् जुन प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । दुई गाउँपालिकाको संगमस्थलको रुपमा रहेको निसराङ्ग ताल त्यस क्षेत्रको प्रमुख पर्यटकीय सम्भावना बोकेको एउटा प्रमुख गन्तव्यस्थल हो । समुद्र सतहबाट झण्डै चर हजार ७०० मिटर उचाइमा रहेको यो तालका वरपर साना ठूला कैयौँ हिमश्रृंखलाका बीचमा मनोरम दृष्य देखिने निसराङ्ग तालको सौन्दर्यताले धार्चे र चुमनुव्री गाउँपालिकाको प्राकृतिक सौन्दर्यमा सुनमा सुगन्ध थपिए जस्तै बनाइदिएको छ ।

    कुल तीन दशमलब तीन किलोमिटर क्षेत्रफलमा फैलिएको निसराङ्गताल घुम्न मात्र करिब तीन घण्टा खर्च गर्नैपर्छ । सूर्योदय र सूर्यास्तको समयमा निसराङ्ग ताल अझै आकर्षक देखिन्छ । यो ताललाई स्थानीय भाषामा ‘निसराङ्गच्छो’ नामले चिनिन्छ । चुमनुव्री गाउँपालिका–३ का वडाध्यक्ष रामकुमार गुरुङले यो ताल धार्मिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । 

    स्थानीय गुरुङ्ग भाषामा निसराङ्गको अर्थ मनोकामना र च्छो भन्नाले ताल भन्ने बुझिन्छ । मनको कामना पूरागर्ने तालका रुपमा त्यस क्षेत्रका स्थानीयबासीले निसराङ्गताललाई चिन्ने गरेका छन् । ‘‘विशेष गरी छोराछोरी नहुनेहरु जसरी पनि एक पटक यो तालमा पुग्नैपर्छ भन्ने स्थानीयको मान्यता रहेको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ । ‘‘सन्तान नहुनेहरु त्यहाँ गएर पूजापाठ गरेपछि सन्तान हुन्छन् भन्ने मान्यता पनि रहेको छ । 

    ताल प्रवेश गर्ने मूलद्वारामा प्राकृतिक रुपमा रहेका ठूला चुच्चे ढुङगाका मूर्ति छ । जसलाई स्थानीयहरु चोम्पोलोङ र चम देवता भनी विश्वास गर्दछन् । जहाँ पूजापाठ नगरी भित्र प्रवेश गरेमा असिना पानी पर्ने र हावाहुरी चल्छ भन्ने धार्मिक विश्वास रहदै आएको छ । यही धार्मिक विश्वासका कारण त्यहाँ घुमघामका लागि पुग्ने गरेका आन्तरिक पर्यटकहरु चोम्पोलोङ र चम देवताको पूजा गरेर मात्र भित्र जाने गरेको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ । निसराङ्गताल परिसरमा हरेक वर्षको जनै पूर्णिमाको दिन ठूलो मेला समेत लाग्ने गरेको उहाँले बताउनुभयो ।

    ‘‘मेला हेर्न तालमा नुहाउन, जिल्ला भित्रका उहिँया, सिर्दीबासका बासिन्दासँगै केरौजा, काशिगाँउ गुम्दा, लाप्राक, बारपाक, घ्याचोक, चुम्चेत, बिही, प्रोक, छेकम्पार र लापुदेखिका मानिसहरु त्यहाँ पुग्छन्’’ उहाँले भन्नुभयो ।’’

    कोहीले निसराङ्ग ताललाई दूध पोखरी भनेर पनि सम्बोधन गर्ने गर्छन् । तालको छेवैमा रहेको अनौठो देखिने ढुङ्गाको चुचुरा त्यहाँ पुग्ने पर्यटकहरुका लागि अर्को आकर्षणको केन्द्र बन्ने गरेको उहाँले बताउनुभयो । त्यही ढुङ्गाको छेवैमा देउराली ९ढुङै ढुङ्गाको चाङ० मण्डप बनाएर स्थानीयहरुले पूजा गर्दै आएको अभियान्ता घलेले जानकारी दिनुभयो । अर्को अनौठो कुरा के छ भने त्यहाँ पुग्ने पर्यटकले असोजदेखि करिब माघको अन्तिम सम्ममा निसराङ्गतालमा पानी देख्न पाउदैन । यो अवधीमा ताल पूरै जमेको अवस्था हुन्छ स्थानीयबासी घलेले भन्नुभयो, त्यस बाहेकको बाँकी अवधिमा मात्र निसराङ्गतालमा पानी देख्न पाइन्छ । निसराङ्ग तालको पानी तालदेखि करिब एक किलोमिटर वर जमिन मुनीबाट निस्कने गरेको स्थानीयहरु बताउछन् ।

    ‘‘तालको पानी धेरै वर जगत भालवाङबाट निस्किएर बुढी गण्डकी नदीमा मिसिने गरेको अनुमान गरिएको छ’’, घलेले भन्नुभयो, ‘‘त्यो बीचको भागमा भने कतै पानी बगेको देख्न पाइँदैन ।’’  निसराङ्ग तालमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सके त्यस क्षेत्रका बासिन्दाहरुले रोजगारी पाउनुका साथै धार्चे र चुमनुव्री गाउँपालिकाको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।  

    निसराङ्ग ताललाई हामीले हाम्रो गाउँपालिकाको एउटा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न चाहेको उहाँले बताउनुभयो । उहाँले यो तालको संरक्षण, सम्बद्र्धन र प्रचार– प्रसारका लागि योजना निर्माण गरिरहेको बताउनुभयो । निसराङ्ग ताल पुग्न एकदिनको सवारी यात्रा र बाँकी ५ दिन हिड्नुपर्छ । 

    तातोपानीबाट एकदिनको यात्रामा जगत पुग्न सकिन्छ त्यहाँबाट करिब चार घण्टाको पैदलयात्रा गरेपछि रोल्पाडाँडा पुगेसँगै रोल्पा डाँडाबाट गणेश हिमाल र श्रृगी हिमाल दृष्यावलोकन गर्ने अवसर त्यहाँ पुग्ने पर्यटकले पाउनेछन् । रोल्पा डाडाँबाट ताक्पुकसम्म दुई घण्टाको यात्रा तय गरेपछि पर्यटकहरु ताक्पुकमाभेडी खर्कहरुमा बास बस्नुपर्ने र अर्को दिन ताक्पुकबाट भुङरङ केही घण्टाको यात्रासँगै निरमसी चौरमा पुग्न सकिन्छ । 

    त्यहाँ पुगेपछि निसराङ जान समय अभाव हुने भएका कारण एकरात त्यहीँ बास बस्नुपर्ने हुन्छ । निरमसी चौरमा बास बस्ने पर्यटकहरुले गणेश हिमाल आमनेसामने देख्ने अवसर पनि पाउने छन् । त्यतिमात्र होइन निरमसी चौरमा दिनभरि थाकेका पर्यटकहरुको थकाइलाई त्यहाँ देखिने कस्तुरी, झारललगायतका पशुवस्तु देखेर रमाउँछन् । आँखै अगाडि देखिने श्रृगी हिमालले त झनै पर्यटकको मन भुलाइ दिन्छ नै । कतिपय अवस्था हिमचितुवा समेत हेर्ने अवसर मिल्ने गरेको स्थानीयबासी  बताउछन् । भुङरङबाट हिडेपछि भने पर्यटक करिब २–३ घण्टामा निसराङ्ग तालमा पुग्न सक्छन् । 

    निसराङ्ग तालको संरक्षणका लागि यसअघि बजेट बिनियोजन नभएको भएपनि प्रदेश सरकारले यो वर्षदेखि काम थालेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा तालको संरक्षणका लागि रु एक करोड बजेट बिनियोजन गरेको चुमनुव्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । ‘‘प्रदेश सरकारले ससर्त बजेट अन्तर्गत हस्तान्तरण गरेको कार्यक्रम हो’’, उहाँले भन्नुभयो, ‘‘अहिले तालको संरक्षण सम्बद्र्धनका लागि डिपिआर निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।’’ पहिलो चरणमा त्यहाँ पुग्ने पर्यटकहरुको सुुबिधाका लागि फुट ट्रेल निर्माण, ताल वरपर र मुख्य–मुख्य स्थानमा आश्रयस्थल निर्माणलाई प्राथामिकतामा राखिएको उहाँले बताउनुभयो । 

    त्यसबाहेक हेलिप्याड निर्माणलगायत काम अघि बढाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको आफ््नै बजेटमा समेत तालको संरक्षण र प्रचारप्रसारका लागि योजना बनाइरहेको उहाँको भनाई छ ।  गाउँपालिकामार्फत् कन्सल्ट्यान्टले डिपिआरको काम लगभग सकेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट