Jun 16 2026 | २०८३, असार २ गते
ललितपुर । ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल अस्पताल भर्ना भएकी छन् । बिहिबार साँझ अचानक स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । ‘घरमै केही साथीहरुसँग पार्टीको विषयमा छलफल गर्दै थिइन् ।’ सत्यालका श्रीमान पुरुषोतम नेपालले अनलाइन पत्रिकालाई भने, ‘अचानक स्वास्थ्य खराब भएपछि अस्पताल लग्यौ ।’
यतिखेर मेडिसिटी हस्पिटलमा उपचारत उपमेयर गीतालाई हाईपोटेन्सन भएको बताइएको छ । यो समाचार तयार पारिरहँदा स्वास्थ्य सुधारोन्मुख देखिएका सत्याललाई आइसीयूबाट सीसीयूमा सारिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij