Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि जनप्रदर्शन गर्ने भएको छ ।
शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते जनप्रदर्शन गरेर देखाउने बताएका हुन् ।
प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभाबारे टिप्पणी गर्दै उनले आफुहरुले वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् ।
उनले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij