Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५३ हजार नाघ्यो

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५३ हजार नाघ्यो

  • भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार १८४ जना पुगेको छ ।

    images
    images
    images

    यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड छ लाख ३९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार २५६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ३९ हजार ६८४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ८३८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८५ हजार ६८२ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म १० लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रवार २६६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ७ जनाको मृत्यु भएको छ । भारतमा कोभिड १९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७८९ को मृत्यु भइसकेको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रवारसम्म देशभर १९ करोड ९ लाख ८५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रवारर एकै दिनमा मात्र आठ लाख ३७६ जनाको कोभिड १९ परीक्षण गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij