Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौँ । कार्यक्रममा स्थायी कमिटी सदस्य भट्टराईले नयाँ पुस्तामा कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी नलिने प्रवृत्ति बढिरहेका बेला कम्युनिष्ट स्कुल पुस्तक सार्वजनिक गरेर लेखकले युवा पुस्तालाई राजनीतिक र वैचारिकरूपमा उभ्याउन सफल भएको बताउनुभयो ।
प्रतिनिधिसभा विघटन क्रान्ति हो कि प्रतिक्रान्ति हो भन्ने विषयमा प्रष्ट हुनेपर्नेमा जोड दिँदै उहाँले संविधानमा माथि हस्तक्षेप भएको तर्क गर्नुभयो । उहाँले संसद् विघटन भएको दिन नेपाली इतिहासमा प्रतिक्रान्तिको दिन भएको टिप्पणी गर्नुभयो । “हाम्रो निष्कर्ष संसद् विघटन प्रतिक्रान्ति हो, नेपाली जनताले गरेका क्रान्तिलाई पछाडि धकेल्ने प्रयास होे”, उहाँले भन्नुभयो, “अहिलेको संविधान निर्माणकर्ता हामी हौँ, कम्युनिष्ट पार्टीको घोषणापत्रका अधिकांश विषय संविधानमा समेटिएका छन्, संविधानप्रति हाम्रो अगाध स्नेह छ, त्यसैले संविधान रक्षाका लागि हामी सडकमा उत्रिएका हौँ ।”
स्थायी कमिटी सदस्य तथा पार्टी स्कुल विभागका उपप्रमुख पौडेलले पछिल्ला समय पार्टी नेता कार्यकर्तामा अध्ययन संस्कृतिको कमी हुँदै गएकामा चिन्ता व्यक्त गर्दै माक्र्सवादलाई नजिकबाट बुझ्न चाहनेले उक्त पुस्तक पढ्नुपर्ने बताउनुभयो । अहिलेको नयाँ परिवेशमा नयाँ दृष्टिकोण निर्माण गर्न उक्त पुस्तकले सहयोग गर्ने उहाँको भनाइ थियो । “कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन पुस्तकले ठूलो भूमिका खेल्छ, पुस्तकले कम्युनिस्ट पार्टीका सदस्यलाई निकै ठूलो प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।
पार्टी एकताका क्रममा भएका कमी कमजोरीलाई सच्याएर नेकपालाई नयाँ पार्टीका रूपमा रुपान्तरण गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनताको माग एकतातिर छन्, रोजगारी खोजेका छन्, समाजवादी मोडेल खोजेका छन्, तर हामीले जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन सकेका छैनौँ ।” अहिले आफूहरु पार्टी पुनःनिर्माणको चरणमा रहेको र समाजवादी क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । नेपाल बुद्धिजीवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटाले माक्र्सवादलाई नजिकबाट नियाल्नेलाई पुस्तक सन्दर्भ सामग्री भएको बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij