
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको प्रक्रिया दुई साता सार्न तयार भएका छन् । राष्ट्रपति जो बाइडनको संसदीय एजेन्डाहरु र क्याबिनेटका मनोनयनलाई प्राथमिकतामा राख्दै यो मुद्दा दुई साता सार्न सांसदहरु तयार भएका हुन् ।
सोमबार अमेरिकी संसद्को तल्लो सदनले ट्रम्पमाथिको महाभियोगको आधिकारिक प्रस्ताव सिनेटमा पेश गर्दैछ । ट्रम्पलाई अमेरिकी संसद् भवन यूएस क्यापिटोलमा हिंसात्मक घटनाका लागि उक्साएको आरोपमा तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले महाभियोग लगाउने निर्णय गरेको थियो । सिनेटमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका नेता चक स्युमरले फेब्रुअरी ८ बाट ट्रम्पमाथिको महाभियोगबारे सिनेटमा सुनुवाइ हुने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij