Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

गाउँमै रोजगारी : परिवारमा खुशीयाली

गाउँमै रोजगारी : परिवारमा खुशीयाली

  • तारानाथ आचार्य,बलेवा । बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उहाँलाई एक महिनायताको कामले निकै राहत दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    उहाँका श्रीमान् पिताम्बर शर्मा धेरै काम गर्न सक्नुहुन्न । पहिले पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पाल्नुभएका पिताम्बरको रोजगारी गाउँगाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारीले घर चलाउने आधार बनेको छ ।

    AGNI GROUP

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शर्मा परिवारले एक सय दिनका लागि रोजगारी पाएको छ । गाउँपालिकाले तोकेको ठाउँमा काम गरेर हुने आम्दानीले एक वर्षको परिवार खर्च चलाउने योजना कमलाको परिवारको छ । कमलाले १०० दिन काम गरेर वृद्ध श्रीमान् र चार छोराछोरीको खर्च चलाउने योजना बनाउनुभएको छ । 

    वडा नं १ धुल्लु बाँस्कोटका नवीन आचार्य पनि त्यही काममा हुनुहुन्छ । दुई वर्षअघि कतार पुगेर फर्किनुभएका आचार्यको दैनिकी जङ्गलमा गाईभैँंसी चराउने थियो । एक महिनादेखि नियमित काममा जान थालेपछि उहाँको दैनिकी फेरिएको छ । “धेरै थोरै काम पाइएको छ, आम्दानी पनि हुने नै भयो”, उहाँले भन्नुभयो “सामान्य घरखर्च चलाउने भए पनि आम्दानी गर्छु ।” घाम तापेर दिन फाल्नुभन्दा सडकको मर्मत गर्ने काम भए पनि पाएकामा उहाँ खुशी हुनुहुन्छ ।

    आचार्य र शर्मा जस्तै बरेङमा रोजगारी पाएका धेरैको जीवनमा परिवर्तन आएको छ । यहाँ घरायसी काम तथा खेताला लाग्दा आउने दैनिकी धेरै कम छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरुलाई राहत दिएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा बेरोजगारलाई मर्मत सम्भारको काममा लगाएको छ । उनीहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन उक्त कार्यक्रमले सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ । 

    सिँचाइ कुलो, पदमार्ग, सडक नाली तथा तारजाली खेलकूद मैदान, विद्यालय पर्खाल निर्माण, सार्वजनिक शौचालय, चौतारी निर्माण, खानेपानी, पोखरी मर्मतजस्ता काममा बेरोजगारीको सूचीमा रहेकाले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशवराज क्षेत्री बताउनुहुन्छ । बरेङका पाँच वडामा एक हजार ३५४ सूचीकृत बेरोजगार छन् । उनीहरुमध्ये पहिलो चरणमा १०० जनाले काम पाएका छन् । दुई सय जना बढीले अर्को चरणमा काम पाउने क्षेत्रीले बताउनुभयो । 

    गाउँपालिकाले पाँच वडामा १६ योजना छनोट गरेर काम गरिरहेको छ । निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङलाई रु ५१ लाख ७० हजार र दोस्रो चरणमा रु एक करोड २० लाख सःर्शत अनुदान रकम निकासा प्राप्त भएको छ । सोही रकमबाट कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij