Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

  • काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ। आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समितिको बैठकले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त भएका केपी ओलीलाई केन्द्रीय कमिटिको बैठकले दिएको अधिकार प्रयोग गर्दै पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

    AGNI GROUP

    उनले अध्यक्ष पदबाट हटाएपछि पनि संविधान, लोकतन्त्र, राष्ट्र, जनता र पार्टीको विचार, नीति, पद्दति र हितकाविरुद्ध लगातार गतिविधि गरेका कारण ओलीलाई साधारण सदस्यता किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको र तोकिएको समयमा जवाफ नदिएपछि हटाएको बताए।

    माघ २ गते बसेको नेकपाको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

    प्रतिनिधि सभा विघटन लगत्तै बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको र उक्त ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij