Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे अदालतमा प्रश्न

राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे अदालतमा प्रश्न

  • काठमाडौं । राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालयबाट जारी सूचनाको आधिकारिताबारे सर्वोच्च अदालतमा प्रश्न उठाइएको छ।प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे प्रश्न उठेको हो।

    onlinepatrika
    Arghakhachi

    नेकपाका प्रमुख सचेतक देव गुरुङलगायत चारजना सांसदले संवैधानिक इजलासमा निवेदन पेस गरी राजपत्रमा आएको सूचना आधिकारिक भएनभएको विषयमा प्रश्न उठाएका छन्।माघ ९ मा महान्यायाधिवक्ताले पुस ५ को मिति भएको राजपत्र इजलासमा पेस गरेका थिए।

    AGNI GROUP

    ‘सार्वजनिक सरोकारको विषयमा कुरा उठेकाले कुन मितिमा सूचना प्रकाशित भएको हो ? कानुनबमोजिम प्रकाशित गरिएको छ वा छैन’, निवेदनमा भनिएको छ।निवेदकले पुस ५ मा राष्ट्रपति कार्यालयको सूचनामा उल्लेख भएबमोजिम प्रकाशन मिति, कानुन मन्त्रालयमार्फत मुद्रण विभागमा पठाइएको पत्रसंख्यासहितको सक्कल लिखत झिकाउन माग गरेका छन्।निवेदकले केपी ओली संविधानको धारा ७६(१) वा (२) मध्ये कुनका आधारमा प्रधानमन्त्री नियुक्त भएका हुन् भन्ने यकिन गर्न पनि माग गरेका छन्।त्यस विषयमा पनि राजपत्रमा प्रकाशित सूचनाबारेका कागजात झिकाउन माग गरिएको छ। नागरिक दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij