Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

  • कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । 
     
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हँुदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ । पचास भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले झुपडी भत्काउन थालेपछि स्थानीय बासिन्दा भागेर ज्यान जोगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    “खाना खाएर सुत्ने तरखर गर्दै थियौं”, आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरा सिंह भण्डारीले भन्नुभयो, “हात्तीको बथान शिविरमा छिरेर उपद्र मच्चाउन थाल्यो ।” बालबालिका बोकेर सुरक्षित स्थानमा पुगेर ज्यान जोगायौं ।” झुपडीभित्र रहेको अन्न, ओढ्ने ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडामासमेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सानी पु¥याएको उहाँले बताउनुभयो । 

    AGNI GROUP

    साँझ ६ बजेनै शिविर नजिकैको क्षेत्रमा सडकमा सवारीका साधन हात्तीको अवरोधका कारण रोकिएपछि हो–हल्ला गरी, पटाका पड्काएर भगाए पनि पुनःरातिका बेला हात्तीको बथानले शिविरमै पुगेर झुपडीनै भत्काएर चिसो मौसममा बेहाल बनाएको शिवराज भारतीले बताउनुभयो । 

    हात्तीको बथानले शिविरका बासिन्दाले लगाएको गहुँबालीमासमेत नोक्सानी पु¥याएको छ । मजदूरी गरी झुपडीमा राखेको अन्नपात, लत्ताकपडा सबैमा हात्तीको बथानले नोक्सानी गरेपछि रातभर बालबालिकासहित एकसरो लुगामै रुखमुनि ओत लागेर आगो तापेर ज्यान जोगाएको शिविरका बासिन्दाले बताएका छन् । “वर्षौदेखि पुनः स्थापनको माग गर्दै आए पनि पुनःस्थापन नहँुदाको पीडा त छदै थियो”, जङ्गबहादुर खत्रीले भन्नुभयो, “जङ्गली हात्तीको पीडासमेत खेप्न बाध्य छौं । विसंं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ती परिवारलाई हटाइएको थियो । आरक्षबाट विस्थापनमा परेका परिवार ढक्का, तारापुरलगायतका क्षेत्रमा शिविर बनाइ बस्दै आएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij