Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

जग्गाको विवादमा छिमेकीद्वारा कुटपिट

जग्गाको विवादमा छिमेकीद्वारा कुटपिट

  • विराटनगर । मोरङको सुन्दरहरंैचा नगरपालिका–९ बस्ने मनोज अधिकारीले छिमेकीसँग जग्गाको विवादले उत्पन्न समस्याले आफू अन्यायमा परेको बताउनु भएको छ । आफू अन्यायमा पर्दा पनि प्रहरी प्रशासनसँग सहयोग माग्न जाँदा उल्टै आफ्नै गल्ती देखाएर हप्काउने गरेको पीडितले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जग्गाको विवादमा छिमेकी युवराज कार्की र उनका घरका अन्य सबै सदस्य मिली आफूलाई ज्यान मार्ने गरी कुटपिट गरेको आरोप पीडितले लगाएका छन् । शरीरमा विभिन्न अङ्गमा गहिरो चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराएको जानकारी दिँदै पीडित अधिकारीले न्यायका लागि प्रहरी प्रशासनलाई गुहार माग्दा उल्टै आफूलाई नै हप्काएको र उजूरी पनि लिन नमानेकाले अन्यायमा परेको जानकारी दिनुभयो ।

    AGNI GROUP

    न्यायका लागि सञ्चारकर्मीले पनि आवाज उठाइदिन आग्रह गर्दै पीडित अधिकारीले मरणासन्न हुने गरी कूटपिट गर्ने अपराधीहरुले मैले लगाएको रु दुई लाख ८० हजार मूल्य बराबरको सिक्री, रु १५ हजार मूल्यको टाइटन घडी र रु ४५ हजार मूल्यको मोबाइल पनि घटनामा हराएकाले यो घटना सुनियोजित तरिकाले गरेको अनुमान पीडित अधिकारीको छ । घटनामा संलग्न आपराधी पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै अन्यायमा परेकाले न्याय दिनु प्रहरी प्रशासनले आफ्नो कर्तव्य भुल्न नहुने धारणा राख्नुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij