Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । संसद विघटनको विरोध गर्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधीको संज्ञा दिएकोप्रति नेपाली काँग्रेसले आपत्ती प्रकट गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आझ एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति रहेको जनाएका हुन्।
संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ विज्ञप्तिमा भनिएको छ, फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हर कोहीको नैसर्गिक अधिकार हो । विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक रहेको जनाउँदै त्यसले ओलीमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको उल्लेख छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij