Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

राजावादी आन्दोलन

राप्रपाले माग्यो गृह मन्त्री लेखकको राजीनामा !

राप्रपाले माग्यो गृह मन्त्री लेखकको राजीनामा !

चैत १५ गते काठमाडौं, तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते काठमाडौं, तीनकुनेको प्रदर्शनमा दमन भएको भन्दै छानबिनको माग गरेको छ । कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई एक ज्ञापन पत्र बुझाउँदै राप्रपाले गृह मन्त्री रमेश लेखकको पनि राजिनामा माग गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष राजेन्द्र लिङदेन, बरिष्ठ नेता पशुपति शमशेर राणासहितले आज सिंहदरबारमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक झडपका बारेमा छानबिन गर्नका लागि सर्वोच्च अदालतको न्याययधिसको नेतृत्वमा स्वतन्त्र छानबिन आयोगको माग गरेको हो ।

    AGNI GROUP

    ‘सर्वोच्च अदालतको पूर्व न्यायधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन’ र ‘छानबिनका लागि गृह मन्त्रीको राजिनामा, चैत १५ गते दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासकीय नेतृत्वको निलम्बन’ सहित ५ वटा माग राखेको हो ।

    जसअनुसार मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपुर्तिको ब्यवस्था, राप्रपा नेताहरू रबिन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य माथीको झुटा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनु पर्ने राप्रपाको माग रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij