Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

वैदेशिक रोजगारी : कोमामै छन् २५ नेपाली, स्वदेश फर्काउने पहल असफल

वैदेशिक रोजगारी : कोमामै छन् २५ नेपाली, स्वदेश फर्काउने पहल असफल

  • काठमाडौं । झापा बिर्तामोडका प्रकाश गुरुङ अर्धचेत अवस्था (कोमा)मा सात वर्षसम्म साउदी अरबमै बस्न बाध्य भए। प्रकाश दैलेख ओभरसिजमार्फत ०६८ मा समी अल मुसराफ रिक्रुमेन्ट कम्पनीमा काम गर्न गएका थिए। त्यहाँ दुई वर्ष काम गरेपछि तलब राम्रो नभएको र लोड–अनलोडको काम गर्न समस्या भएको भन्दै भागेर अर्को कम्पनीमा गए। त्यहीबेला बिरामी परेका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए।

    onlinepatrika
    Arghakhachi

    उनलाई ०७० कात्तिक ८ मा थदिक जनरल अस्पतालमा भर्ना गरियो। गम्भीर प्रकृतिको म्यानेन्जाइटिस रोगले थलिएका उनी अर्धचेत (कोमा)मा पुगेका हुन्। उनी त्यहाँ गैरकानुन तवरले बसे पनि अस्पतालले भर्ना गरी इमर्जेन्सी सेवा दिएको थियो। कम्पनीले खर्च व्यहोर्न अस्वीकार गरे पनि अस्पतालले उनको उपचार गरेको थियो।

    AGNI GROUP

    परिवारले धेरै खोजी गरेपछि मात्रै आफन्त र साथीभाइले उनको अवस्था थाहा पाएका थिए। उनलाई गैरआवासीय नेपाली संघको सहयोगमा यसपटक दसैंका बेला स्वदेश ल्याइएको छ। उनलाई काठमाडौंबाट गाडीमा असहज भएपछि जहाजमै राखेर घर लगिएको थियो।

    वर्षौंदेखि अलपत्र अवस्थामा रहेका प्रकाश दसैंकै दिन घर आइपुगेपछि परिवारमा खुसी छाएको भाउजू शान्ति गुरुङले बताइन्। ‘घरमै मसाज गरेर ठीक हुँदै छ’, शान्तिले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘समय–समयमा सुविधासम्पन्न अस्पतालमा लैजाने गरेका छौं।’ डाक्टरको सल्लाहअनुसार घरमै उपचार हुँदा सुधार भइरहेको उनले सुनाइन्। ‘पहिले आँखा बन्द थियो’, उनले भनिन्, ‘अहिले खुलेको छ। लठ्ठी टेकेर हिँडडुल गर्नुहुन्छ।’ प्रकाश विस्तारै हिँड्न सक्ने भए पनि अझै बोल्न सक्ने भएका छैनन्।

    वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था)मा विदेशमै छन्। सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन गर्न समस्या परेको बोर्डले जनाएको छ। बोर्डका अनुसार कतारमा ९, साउदीमा ५, कुवेत र बहराइनमा ४/४, र ओमान, यूएई, जापानमा १/१ जना कामदार कोमामा छन्। यो समाचार अन्नपूर्ण पोष्टमा तुलसी सुवेदीले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij