Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बल्खुको सभा बिथोल्न खोज्ने प्रहरी घेरामा

बल्खुको सभा बिथोल्न खोज्ने प्रहरी घेरामा

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा गरेको खबरदारीमा घुसपैठ भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको बताएको छ । राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    AGNI GROUP
    पक्राउ पर्नेमा दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री छन् ।

    पक्राउ पनेहरू कुनै पनि पार्टीमा आबद्ध व्यक्ति नरहेको खुलेको प्रहरी स्रोतले जानकारी दियो ।

    ‘उहाँहरूमाथि सोधपुछ भइरहेको छ । उहाँहरूले घुसपैठ नगरेको बताउनु भएको छ । अनुसन्धानका क्रममा उहाँहरू कुनै पार्टीमा आबद्ध समेत नरहेको खुलेको छ,’ एक प्रहरी अधिकृतले जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij