Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बागमतीका मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बागमतीका मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

  • काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह राई र विदुर कोइरालाको संयुक्त इजलासमा आज सुनुवाइ भए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध २०८० चैत २८ गते र २०८१ जेठ २९ गते थापाविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    AGNI GROUP

    पहिलो मुद्दामा अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घरजग्गा खरिद, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा र ऋणको साँवा ब्याज तिरेको रकम, जीवन बिमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख तीन हजार रुपैयाँ खर्च तथा लगानी भएको देखिएको थियो ।

    जसमध्ये पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको थियो ।
    यस्तै अख्तियारले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै दोस्रो मुद्दा दायर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij