Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

  • काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौंको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंमा आज मंगलवार उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौंका विभिन्न १५ स्थानमा १३० भन्दा बढी स्वयंसेवक परिचालन हुने जानकारी दिए । “हामी बर्दीमा रहेका स्वयंसेवक हौँ, कोभिड–१९ पश्चात् र पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको छ”, अम्गाईंले भने, “काठमाडौं उपत्यकामा पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउँदा खुशी छौँ ।”

    AGNI GROUP

    उनले नेपाल स्काउटले सिकेको सीपलाई भरपुर उपयोग गरी आम नागरिक र यातायातकर्मीलाई सन्देश प्रवाह गर्न नचुक्ने प्रतिबद्धता जनाए । उक्त समारोहमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सडक प्रयोगकर्ताहरु एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने भन्दै स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे ।

    “नेपालका सडक जोखिमपूर्ण छ, कतिबेला गाडी आइपुग्ने हो पत्तै हुन्न, ट्राफिक व्यवस्थापन थप जोखिमपूर्ण काम हो”, प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने, “स्काउटसँगको सहकार्यबाट नागरिकले थप राहत पाउने आशा छ ।” उनले जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उपत्यकाको चक्रथपभित्रको अति भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिए ।

    यसअघि पनि ट्राफिक प्रहरीले विभिन्न संस्था तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रुपमा परिचालन गर्दै आएको थियो । उक्त अभियान प्रभावकारी भए पनि सीमित समय सञ्चालन भएर रोकिएको थियो । यसपालि पनि उक्त अभियान आजदेखि शुरु भएको र स्काउटका स्वयंसेवक एक हप्ता परिचालन हुनेछन् ।

    महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्काउटका स्वयंसेवकपछि अर्को हप्ता अन्य संस्थाबाट आएका स्वयंसेवक परिचालन गरी कार्यक्रमलाई निरन्तरता दिने बताए । पछिल्लो समयमा ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियता कमजोर भएको सर्वसाधारणको गुनासो आइरहेको सन्दर्भमा स्वयंसेवक परिचालनले प्रभावकारी हुने विश्वास लिइएको छ । तर उपत्यकामा दैनिकजसो नै सडकमा प्रदर्शन, धर्ना, विरोधलगायत कार्यक्रमका कारण ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij