Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बालेन र जापानी राजदूत मायदाबीच भेटवार्ता

बालेन र जापानी राजदूत मायदाबीच भेटवार्ता

  • काठमाडौं । नेपालका लागि जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ ।

    भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र शहरी सुन्दरता वृद्धिबारे कुराकानी गरिएको थियो ।

    जापानले काठमाडौंको दरबार स्क्वायरको वातावरणीय सुधार, सडक, ढुंगेधारा पुनर्संरचना, बहुउद्देश्यीय मार्शल आर्ट, सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij