
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालमा नवनियुक्त राज्य मन्त्री गर्बुजालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएकाे थियाे, जसको ५ दिन पछि आज पद तथा गोपनीयताको सपथ भएकाे हाे । गत १९ बैशाखमा पद तथा गाेपनियताकाे सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियाे ।
गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij