
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताकाे पहिलाे दिन आज गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक एक दशमलव १८ अङ्कले घटेर दुई हजार छ सय २२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २२ कम्पनीको दुई करोड १९ लाख ५ हजार तीन सय ११ कित्ता सेयर ८१ हजार नाै सय ८५ पटक खरिदबिक्री हुँदा नौ अर्ब २४ करोड ५५ लाख ८३ हजार तीन सय १५ बराबरको कारोबार भएको हो ।
४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij