Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नआवश्यक: राष्ट्रपति

स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नआवश्यक: राष्ट्रपति

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समानपहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रितहुनुपर्नेमा जोड दिएकाछन् । 

    images
    images
    images

    मंगलबार चिकित्साविज्ञान राष्ट्रियप्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाईसम्बोधनगर्दै उनले यस्तो धारणा राखेका हुन् । 
    ‘हाम्रो संविधानले नेपालीनागरिकलाई स्वास्थ्य, शिक्षाजस्ताआधारभूतआवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ, संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समानपहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रितहुनुपर्दछ, राष्ट्रले दक्ष र विज्ञचिकित्सकउत्पादनमा गरेको लगानी संविधानको त्यहीभावना र मर्मअनुसार हो’, उनले भने ।

     उनले संविधानको यो भावना र मर्मलाई आत्मसातगर्दै चिकित्सकहरूले यो पेशालाई सेवाभावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनिविश्वास व्यक्त गरे । हालदेशको स्वास्थ्यशिक्षामागुणात्मक सुधारसँगै दक्ष र विज्ञचिकित्सकहरू नेपालमै उत्पादनहुनु हाम्रालागि खुसीको विषयभएको उनको भनाइथियो ।

    ‘नेपालमै स्तरीय स्वास्थ्य सेवातथाउपचार हुनथालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटकपटकभन्ने गरेको छु, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्तअवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणामचिकित्सकहरू विदेशिने क्रमबढ्नु चिन्ताको विषयहो, यसलाई रोक्न सम्बद्धपक्षले उपर्युक्तकदमचाल्नुपर्छ भन्ने म ठान्दछु’, राष्ट्रपतिपौडेलले भने ।

     उनले यस प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्नवर्ग, तह र भौगोलिक क्षेत्रकाआमनागरिकलाई गुणस्तरीय र विशेषज्ञ सेवाप्रदानगर्दै आउनु खुशीको विषयहो भन्दै आगामीदिनमा सेवा क्षेत्रलाई थपव्यापकबनाउन, स्वास्थ्य सेवामानवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

     साथै, १३५ वर्षको लामो यात्रा पूरा गर्दै एक साधारणअस्पतालबाटआजएउटाप्रतिष्ठानको रुपमा स्वास्थ्य सेवातथाशिक्षा क्षेत्रको महत्वपूर्ण आधार बन्नु खुसीको विषयभएको उनको भनाइथियो ।

     राष्ट्रपतिपौडेलले चिकित्साविज्ञान राष्ट्रियप्रतिष्ठानअन्तर्गत रहीशिक्षणअस्पतालको रुपमायसले चिकित्साशिक्षामामहत्वपूर्ण योगदान पु¥याउँदै भविष्यमानयाँनयाँविधामाजनशक्तिउत्पादन गर्नेतर्फ पनि यस प्रतिष्ठान सफलहुने विश्वास व्यक्त गरे । सो कार्यक्रममाप्रा. डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्नविधाका पुरस्कार वितरण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij