Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले एक नेपालीसहित २६ जनाको ज्यान लिने गरी पहलगाम, कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले आतंकवादले कसैको पनि हित नगर्ने बताए ।
उनले भने, ‘पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनावको अवस्था देखिएको छ । आफ्नो छिमेकी मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्दछ ।’
परराष्ट्र मन्त्रालयले ढिलै गरेर भएपनि हिजो साँझ वक्तव्य मार्फत सार्वजनिक गरेको आतंकवादकाविरुद्धको अडानको स्वागत गरे ।
उनले भने, ‘भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति शृङ्खलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij