Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रदेश नं १ खोप अभियान : सामाजिक विकास मन्त्री कार्कीबाट उद्घाटन

प्रदेश नं १ खोप अभियान : सामाजिक विकास मन्त्री कार्कीबाट उद्घाटन

  • मोरङ । प्रदेश नं १ का सामाजिक विकास एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात गरेका छन् । कोशी अस्पताल विराटनगका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दास र वरिष्ठ फिजिसियन चिकित्सक डा। दीपक सिग्देललाई खोप लगाएर शुरुवात गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रदेशका आठ जिल्लाका आज ९बुधवार० १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आज झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । मोरङमा पाँच, सुनसरीमा चार, झापा र इलाममा तीन÷तीन र अन्य जिल्लामा एक÷एक वटा केन्द्र निर्धारण गरिएको जानकारी दिए । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालीम दिई सकिएकाले आठ जिल्लाका १९ वटै केन्द्रमा कार्यक्रम शुरु भएको छ । बिहीवार चार र शुक्रवार दुई जिल्लामा खोप कार्यक्रम शुरु हुने बस्नेतले बताए ।

    AGNI GROUP

    मन्त्री कार्कीले खोप कार्यक्रमको उद्घाटन गर्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेको छ भन्दै आगामी केही दिनभित्र थप जनताका लागि खोप उपलब्ध गराउने विश्वास दिलाए । उनले प्रदेश सरकारले कोभिड नियन्त्रणमा गरेका कार्य अनुकरणीय रहेकामा अन्य प्रदेशले अनुशरण गरेको स्मरण गरे । उनले कोरोनाबाट प्रदेशमा अत्यन्त कम मानवीय क्षति कम गर्नका लागि यस क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको योगदानको प्रशंसा गरे ।

    मन्त्री कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने कामको शुरुवात भएको चर्चा गर्दै जनताको स्वास्थ्य समाधानका लागि तीनै तहको सरकार सक्षम रहेको बताए । कोभिड विरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा। दीपक सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताए । उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताए । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए पाँच महिनासम्म सुरक्षित रहन सकिने उनले जानकारी दिए । प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ ।

    झापामा चिकित्सकले लगाए पहिलो खोप

    झापा – भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा डा। मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र विर्तामोडमा डा। हेमन्त राठीले पहिलो खोप लगाएका छन् । डा। सुवेदी मेची प्रादेशिक अस्पताल र डा। राठी लावण्य हेल्थकेयर क्लिनिकमा कार्यरत छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे। सो अवसरमा प्रजिअ श्रवणकुमार तिम्सिनालगायतका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।

    विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रमा स्थानीय नगरप्रमुख ध्रुव शिवाकोटीले खोप अभियान सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर अभियानको प्रारम्भ गरे भने दमक अस्पतालमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अभियानको शुभारम्भ गरे । पहिलो चरणको खोप कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई लगाइएको प्रजिअ श्रवणकुमार तिम्सिनाले बताए ।

    झापामा नौ हजार जनालाई पुग्ने गरी भारतमा उत्पादित कोभिशिल्ड नामक कोरोना खोप सरकारले पठाएको छ । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । आधा मिलिलिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने फोकल पर्सन चौलागाईंले जानकारी दिए । झापाको मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकबल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ ।

    यसैगरी अनारमनी स्वास्थ्य केन्द्रमा विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिकाका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका व्यक्तिहरुले खोप लगाउनेछन् । रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij