
May 31 2025 | २०८२, जेठ १७ गते
काठमाडौं । सार्वजनिक संस्थानको सम्पत्ति २.२ प्रतिशतले वृद्धि भएको छ । सरकाको पूर्ण लगानीका २० वटा र सरकार तथा अन्य क्षेत्रको लगानीका सर्वजनिक संस्थान २५ वटा गरी जम्मा ४५ वटा रहेको छ ।
सञ्चालमा रहेका संस्थानहरु मध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ बन्द रहेका छन् ।
सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब पुगेको छ । संस्थालनमा सरकारले ५.८ प्रतिशत लगनी थप गरेको छ । ७ खर्ब ३ अर्ब लगानी पुगेको छ । सेयर लगानी ३ अर्ब र ऋण लगानी ३ खर्ब रहेको छ ।
सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । भने, नोक्सानीमा रहेको संस्थानहरुको घाटा ३ अर्ब ६३ करोड रहेको छ । नाफामा रहेको संस्थानहरुको नाफा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ११.५ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij