Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा थपलिया निर्वाचित

नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा थपलिया निर्वाचित

  • काठमाडौं । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन् । हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो । अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा.दिपेन्द्र भण्डारीले १०४ मतमा सिमित भए । 

    AGNI GROUP

    उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी हुदाँ बिपिन कुमार चित्रकारले १०२ मतमा चित्त बुझाए भने सचिव पदमा भने डा.अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा.इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए ।

    महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा.दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा.लाक्पा शेर्पा, प्रचार सचिव डा.टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन् ।

    थपलियाले निर्वाचन पछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताएका छन् । परिषद् आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै उनले सबैको साथ र विश्वासप्रति आभार व्यक्त गरे ।

    निवर्तमान अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताए। अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड दिए ।

    परिषद्को उद्घाटन कार्यक्रम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij