
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ र विपक्षी दलका प्रमुख नेताहरुसँग भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न लागेका हुन् ।
अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भेट हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको भेटमा मुख्यतः संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । त्यसो त केहीबेरअघि प्रधानमन्त्री ओलीले संसदको अवरोध हटाउन आफूले प्रचण्डसँग सम्पर्क गर्न चाहेको तर प्रचण्डले वास्ता नगरेको भन्दै कटाक्ष गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij