Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडाैं । नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवारी प्रतिपक्षीको हैसियतले अधिकतम पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भिजिट भिसा प्रकरणमा व्यक्ति बिषेशमा ध्यान नरहेको तर छानविन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताए । यस बिषयमा बिपक्षी दलका साथै सत्तापक्ष दलसँग छलफल गर्ने उनले जानकारी दिए । त्यस्तै बैठकले वाईसीएलको नेतृत्व सहमतिमा नै चयन गर्ने निर्णय गरेको उनले बताए ।
उनले आफूबिरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने उल्लेख गरे । यस बिषयमा बाहिर भएका प्रचारमा कुनै सत्यता नरहेको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij