
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका छन् ।
आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको छ ।
सभामुख घिमिरेले नेपालको सांसद पद निलम्बनमा परेको जानकारी अबको बैठकमा गराउने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij