Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

बैठक

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

  • काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

    images
    images
    images

    आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।

    images

    यस्तै, आ.व. २०८२-०८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल जारि रहनेछ भने उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

    आजको बैठकमा अर्थ मन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति मागीे प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी अर्थ मन्त्री पौडेलले राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij