Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

सञ्चारदेखि स्वास्थ्यसचिवसम्म विदेश भ्रमणमा जाँदै

सञ्चारदेखि स्वास्थ्यसचिवसम्म विदेश भ्रमणमा जाँदै

  • काठमाडौं । सरकारले एकै पटक ठूलो संख्यामा सचिवहरुको विदेश भ्रमणमा स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै विभिन्न फोरमहरुमा भाग लिन जानका लागि सचिवहरुको भ्रमण स्वीकृत गरिएको जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनकाअनुसार सञ्चारसचिव राधिका अर्याल, खानेपानीसचिव प्रमिलादेवी शाक्य बज्राचार्य, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाको विदेश भ्रमणमा असार १३ को मन्त्रिपरिषद् बैठले स्वीकृत गरेको छ । सचिवदेखि मन्त्रीसम्मको विदेश भ्रमणको स्वीकृति क्याबिनेटबाट गराएर जानुपर्ने हुन्छ । त्यो भन्दा तलका पदको मन्त्रालय वा मन्त्रीले स्वीकृत गर्ने प्रचलन छ ।

    AGNI GROUP

    सचिव मात्रै नभएर मन्त्रीहरु समेत विदेश भ्रमणमा जाँदै छन् । मन्त्रिपरिषद् बैठकले २०८२ असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने एक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई सहभागी हुन जान स्वीकृति प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पनि पेरिस भ्रमण स्वीकृत भएको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओली पनि विदेश भ्रमणमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट