Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

पूर्वराष्ट्रपतिले सरकारी सेवासुविधा फिर्ता गर्ने

पूर्वराष्ट्रपतिले सरकारी सेवासुविधा फिर्ता गर्ने

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि आफूले पाएका सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरिरहेकी छिन् ।

    images
    images
    images

    शितल निवासबाट आफूलाई पूर्वराष्ट्रपतिको हैसियतमा दिइने सेवासुविधा छोडेर आफ्नै निवासमा फर्किएकी भण्डारीले अब बाँकी सेवासुविधा पनि फिर्ता गर्ने तयारी गरेको निकट स्रोतले जानकारी दिएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सेवासुविधा फिर्ता गर्ने पत्र पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    images

    सरकारले हालसम्म पूर्वराष्ट्रपतिलाई दुई जना निजी सचिवको तलब, सुरक्षाकर्मीको बस्ने घरको भाडा र गाडीको इन्धन खर्च बेहोरेको छ । तर, भण्डारीले शितल निवास छाडेपछि ती सुविधा र तलब लिएको छैनन् ।

    गत असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन् । यो कदमसँगै उनी एमालेको सक्रिय राजनीतिमा फर्कने संकेत गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij