
Jul 06 2025 | २०८२, असार २२ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार देउवा निवास बूढानिलकण्ठ पुगेर मुख्यमन्त्री शाहले देउवालाई भेटेका हुन् ।
केही दिन अघि नागरिक उन्मुक्ति पार्टीका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए । त्यससँगै नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै मुख्यमन्त्री शाहले देउवालाई भेटेर के गर्ने भन्ने निर्णय लिन लागेको हो ।
मुख्यमन्त्री शाहले नाउपाबाट पर्यटनमन्त्री बनेका चौधरीलाई यसअघि नै राजीनामा दिन भनेका थिए । तर चौधरीले राजीनामा नदिएपछि उनले बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेपछि नाउपा असन्तुष्ट बनेको थियो ।
नाउपाले केन्द्र सरकारलाई दिएको सर्मन समेत फिर्ता लिने तयारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij