
Jul 06 2025 | २०८२, असार २२ गते
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नटुंगिएका विषय टुंगो लगाउनका लागि ५ दिनको समयसिमा दिएको छ ।
आइतबार समितिबाट विधेयक टुंगो लगाउने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न माग गरेपछि केहि समय छलफल भएको छ ।
बैठकमा समितिका बहुमत सदस्यले आइतबार नै विधेयक पारित गर्नुपर्ने माग राखे पनि शिक्षामन्त्री पन्तले सहमति नजुटेका विषय सहमति जुटाउनका लागि समय मागेका थिए ।
समितिका सभापति अम्मरबहादुर थापाले आगामी ५ दिन भित्र सरकारले विधेयकमा नटुंगिका विषय टुग्याएर सहमति जुटाएर आउन निर्देशन दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij