
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शनिबार उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो ।
शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको छ ।
अरनिको राजमार्ग अवरुद्ध भएको खण्डमा काभ्रे र काठमाडौंलाई जोड्ने एक मात्र मार्ग बनेपा–नाला–ताथली भक्तपुर सडकखण्ड भएको कारणले पनि यस सडकखण्ड चाँडो निर्माण हुनुपर्ने जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले फेरी पनि अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार ह्युमपाइपसँगै जालि पनि राखेर अस्थायी निर्माण भएको पुल गएरातीको वर्षाले पुन अवरुद्ध भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij