Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

शपथ लिएसँगै नवनियुक्त तीन न्यायाधीशलाई सर्वोच्चमा तोकियो इजलास

  • काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  

    images
    images
    images

    न्याय परिषद्ले गत जेठ २७ गते उनीहरूलाई सर्वोच्च अदालतमा न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो । नवनियुक्त न्यायाधीशहरुले आजबाट नै इजलास पाएका छन् । मंगलबार बिहान पद तथा गोपनीयताको शपथपछि गोला प्रथाबाट नवनियुक्त न्यायाधीशहरुले इजलास पाएका हुन् ।  

    images

    नवनियुक्त तीन जना न्यायाधीशलाई यसअघि कार्यरत वरिष्ठ न्यायाधीशको नेतृत्वमा संयुक्त इजलास परेको छ । नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले न्यायाधीश विनोद शर्मासँग बेन्च शेयर गर्ने छन् ।

    त्यस्तै नवनियुक्त न्यायाधीश शान्तिसिंह थापाले न्यायाधीश डा.कुमार चुडालसँग र नवनियुक्त न्यायाधीश श्रीकान्त पौडेलले न्यायाधीश डा. मनोजकुमार शर्मासँग संयुक्त इजलासमा बेन्च शेयर गर्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij